Logo

अबदेखि बैंक तथा वित्तीय संस्थाले लघुवित्तको सेयर किन्न नपाउने



काठमाडौं, १२ जेठ । अबदेखि बैंक तथा वित्तीय संस्थाहरुले लघुवित्तको सेयर किन्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार एकीकृत निर्देशिकामा संसोधन गर्दै बैंक तथा वित्तीय संस्थाले लघुवित्तको सेयर किन्न नपाउने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनको लागि बाहेक ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको शेयरमा लगानी गर्नमा रोक लगाएको हो ।

यसअघि (मिति २०७८/०२/१० सम्म) त्यस्तो शेयर खरीद गरेको भए २०७८ पुस मसान्तभित्र बिक्री÷विनिवेश गरिसक्नुपर्ने व्यवस्था गरेको निर्देशिकामा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्