Logo

नेपालको पछिल्लो राजनीतिक घटनाक्रम नोट माः भारत



काठमाडौं, १२ जेठ । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई भारतले चासोका साथ हेरेको छ । भारतको विदेश मन्त्रालयले घटनाक्रमलाई ‘नोट’ मा राखेको जनाएको छ ।

भारतका विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले आज ट्वीट गर्दै नेपालको विकसित राजनीतिक घटनाक्रम नोट मा राखेको जनाएका हुन् । उनले लेखेका छन्,‘हामीले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई नोटमा राखेका छौं ।’ उनले यसलाई नेपालको आन्तरिक मामला भन्दै लोकतान्त्रिक प्रक्रियामार्फत् घरेलु विषयलाई यहींको ढाँचामा सम्बोधन गरिनुपर्ने समेत स्पष्ट पारे ।

बागचीले नेपाल छिमेकी र मित्र देश भएको भदै भारतको निरन्तर सहयोग रहने उल्लेख गरेकाछन् । नेपालको विकास, प्रगति, स्थिरता र शान्तिको यात्रामा भारतले सधै नेपाल र नेपाली जनतालाई साथ दिने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्