Logo

ह्वाट्सएपले अदालत पुगेर भन्यो, ‘नयाँ कानुनले गोपनियता हटाउनेछ’



एजेन्सी, १२ जेठ । भारत सरकारले जारी गरेको नयाँ आइटी नियमहरुको विरुद्व सामाजिक सामाजिक सञ्जाल ह्वाट्सअप अदालत पुगेको छ । कम्पनी नयाँ आइटी कानुनले गोपनियता हटाउने दाबी गर्दै अदालत पुगेको हो ।

सरकारले जारी गरेको नयाँ नियम अन्तर्गत ह्वाट्सअप र अन्य कम्पनीहरुले आफ्नो म्यासेज एपबाट पठाइएको सन्देश ट्रयाक गर्नुपर्नेछ । कम्पनीले यस नियमको विरुद्व २५ मे मा दिल्ली उच्च अदालतमा निवेदन दिएको थियो ।

रोयटर्सको रिपोर्ट उद्र्वत गर्दै ह्वाट्सअप प्रवक्ताले म्यासेज ऐपलाई ट्रयाक गर्नु भन्नु ह्वाट्अपमार्फत पठाएका सबै सन्देशहरुमा नजर राख्नु जस्तै भएको बताएका छन् । उनको अनुसार जसले एण्ड–टु–एंड एन्क्रिप्शनलाई हटाइदिने छ । यसले व्यक्तिको गोपनियताको अधिकार उल्लघंन हुनेछ ।

कम्पनीले कानुनी रुपमा सरकारसँग निरन्तर कुराकानी भइरहेको जनाएको छ । मानिसहरुलाई सुरक्षित राख्न र कुनै पनि जानकारीको लागि कानुनी रुपमा खोजी गरिरहेको पनि जानकारी दिएको छ।

सरकारले कम्पनीले गरेका केही काम कानुन विपरित भएको भन्दै ह्वाट्स्अपमाथि आरोप लगाएको छ । कम्पनीले आफुले मात्रै यस्तो काम नगर्ने बताउदै आएको छ । कम्पनीले सन्देशहरु अन्त–देखि एन्क्रिप्टेड भएको बताइरहेको छ । ह्वाट्स्अपको अनुसार कानुनको अनुसरण गर्दा त्यहाँ रिसिभरको लागि एन्किप्सन ब्रेक हुनेछ ।



प्रतिक्रिया दिनुहोस्