Logo

प्रधानमन्त्री ओलीविरुद्ध खनिईन् पूर्व सभामुख ओनसरी घर्ती, संसद् विघटन गर्ने अधिकारी कहाँबाट पाउनुभयो ? (भिडिओसहित)



काठमाडौं, १२ जेठ । पूर्व सभामुख ओनसरी घर्तीमगरले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको बताएकी छिन् । आज विहान नेपाली रेडयो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले संसद् विघटन गर्ने प्रधानमन्त्रीको कदम बदर हुने विश्वास दिलाईन् ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकार संविधानको धारा ७६ को उपधारा ३ बमोजिमको सरकार भएकोले यो सरकारले संसद् विघटन गर्न नपाउने उनको दाबी छ । हिजो सभामुख अग्नि प्रसाद सापकोटासँगको भएको पूर्व सभामुखहरुको छलफलमा सबै एकमत भएर प्रधानमन्त्रीको यो कदमको विरोध र भत्र्सना गरेको पनि उनले जानकारी दिईन् । उनले प्रधानमन्त्री ओली संविधान मिच्ने काममा लागेको पनि आरोप लगाईन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot