Logo

भगवान बृद्वका विश्व शान्ति र मानव कल्याणका लागि अनुकरणीय १२ अनमोल बचनहरु



आज २५ सय ५६ औं बृद्व जयन्ती हो । आजको दिनलाई भगवान बृद्वको जन्मोत्सवको रुपमा मनाइन्छ । आजकै दिन बृद्वले बृद्वत्व प्राप्त गरेका थिए । हिन्दु धर्मालम्बीहरुको लागि बृद्व बिष्णुको नवौ अवतार हुन् । हिन्दुहरुको लागि आज पवित्र दिन मानिन्छ । भगवान बृद्व विश्वभर शान्ति र अहिंसाको पर्वतक मानिन्छन् । उनी बौद्व धर्मको संस्थापक पनि हुन् ।

 शान्तिका दुत बृद्वका १२ अनमोल बचनहरुः

  • अतितलाई ध्यान नदिनु, भविष्यको बारेमा नसोच्नु र आफ्नो दिमागलाई वर्तमान समयमा केन्द्रित गर्नुहोस् ।
  • जो कोही जानीजानी झुठ बोल्न लाज मान्दैन भने उसले कुनै पनि पाप गर्न सक्छ, त्यसैले आफुले हासी मजाक गर्दा पनि कहिल्यै झुट बोल्नुहुँदैन ।
    संसार एक हो धेरै होइन् ।
  • सत्यवाणी अमृतवाणी हो, सत्यवाणी नै सनातन धर्म हो । सत्य, भलाई र सधर्ममा सदैव दृढ रहन्छ ।
  • असत्यवादी र दुर्भावपुर्ण जो छन्, तिनीहरु नरकमा जान्छ्न् ।
  • जसले जानीजानी झुट बोल्न लाज लाग्दैन् उसको भक्ति भाँडा जस्तो मात्र हो ।
  • सभा वा परिषद्मा कसैसँग झुट नबोल्नुहोस् । अरुलाई पनि झुठ बोल्न प्रेरित नगर्नूहोस् । असत्यलाई परित्याग गर्नुपर्छ ।
  • जीवनमा हजारौ युद्व जिते बराबर आफैमाथि विजय प्राप्ति गर्नु हो । यो जित आफ्नै हो कसैले छिन्न सक्दैन् ।
  • हजारौ खाली शब्द भन्दा राम्रो एक शब्द हुन्छ, त्यो हो शान्ति ।
  • सन्तोष सबैभन्दा ठुलो धन हो । इमानदारिता सबैभन्दा ठुलो सम्बन्ध हो । स्वास्थ्य सबैभन्दा ठुलो उपहार हो ।
  • जब हामी क्रोधित हुन्छौ, तब हामी सत्यको मार्ग छोड्छौ ।
  • यदि हामीले मोक्ष प्राप्त गर्न चाहान्छौ भने आफुले नै मेहेनत गर्नुपर्छ । आफैमा निर्भर हुनुपर्छ ।


प्रतिक्रिया दिनुहोस्