Logo

एसडी मुनीले भनेः चीनको प्रभाव कम गर्ने ठानेर भारत ओलीलाई साथ दिइरहेछ (भिडियोसहित)



काठमाडौं, १२ जेठ । नेपाल मामलाका जानकार भारतका प्राध्यापक एसडी मुनीले भारत सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन दिइरहेको बताएका छन् । उनले भारतको द ललनटप नामक टेलिभिजन अन्तवार्तामा ओलीलाई समर्थन गर्नु भारतको हितविरुद्ध हुने टिप्पणी समेत गरेका छन् ।

‘भारत सरकार ओलीलाई समर्थन दिइरहेको छ,’ जेएनयूका एमिरिटस प्राध्यापक मुनीले भने,‘यो भारतको हितको विरुद्ध छ ।’ भारतले चीनको प्रभाव कम गर्ने आँकलनका साथ अहिलेको कदम चालिरहेको उनको टिप्पणी थियो ।

प्रचण्ड, माधव नेपाल र शेरबहादुर देउवा समेतका नेतामाथि चीनको प्रभाव रहेको भारतको बुझाई रहेको मुनीले बताए । उनले भने,‘ओलीविरोधी विपक्षीमा चीनको प्रभाव छ भन्ने भारतको आशंका छ ।’ चीनको प्रभाव कम गर्न सकिन्छ भनेर भारतले ओलीलाई साथ दिइरहेको उतको तर्क छ । मुनीले भने,‘प्रचण्ड र देउवामाथि पनि चीनको केही न केही प्रभाव रहेको आशंका भारतको छ ।’

प्रधानमन्त्री ओलीको पक्षमा राष्ट्रपति विद्यादेवी भण्डारी रहेको टिप्पणी गरे । ओलीले सत्ता छाड्न नमानेको र त्यसका लागि विभिन्न कदम चालिरहेको बताए । ओलीको रणनीति आलोचित भइरहेको बताए ।

ओलीले चुनावको पासा फ्याँकेको बताए । उनले भने,‘यो अस्थिरताको राजनीति हो र केवल आफ्नो स्वार्थ बचाउने राजनीति हो ।’



प्रतिक्रिया दिनुहोस्