Logo

नेपाल बार एशोसिएशनले भन्यो-“संसद् विघटन असंवैधानिक, यो निर्णय अविलम्ब खारेज होस (विज्ञप्तीसहित)



काठमाडौं, १२ जेठ । नेपाल बार एशोसिएसनले संसद् विघटन गर्ने कदमलाई असंवैधानिक भनेको छ । आज अध्यक्ष वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र महासचिव अधिवक्ता लिलामणि पौडेलले संयुक्त हस्ताक्षरसहित विज्ञप्ती निकालेर बारले यस्तो भनेको हो ।

विज्ञप्तीमा भनिएको छ-‘नेपालको संविधानले निर्देशित गरेका प्रक्रिया अवलम्बन गरी संवैधानिक संकटको समाधान तथा निकास दिनु पर्नेमा सो प्रक्रिया पूरा नगरी संविधान विपरित प्रतिनिधिसभा विघटन गर्ने र निर्वाचनको मिति तोक्नेगरि मन्त्रिपरिषदबाट मिति २०७८ जेठ ०८ गते मध्यरातमा सम्माननीय राष्टपतिज्यूसमक्ष गरेको सिफारिश बमोजिम हठात रुपमा संविधानको पालन र संरक्षण गर्नुपर्ने कर्तव्य बोकेका सम्माननीय राष्टपतिज्यूबाट प्रतिनिधिसभाको विघटन गरी यस्तो महामारीको विषम परिस्थितिमा निर्वाचनको मिति घोषणा गरेको असंवैधानिक निर्णयप्रति नेपाल बार एशोसिएसन गम्भीर आपत्ति प्रकट गर्दछ र सो असंवैधानिक निर्णय अविलम्ब खारेज गर्न जोडदार माग गर्दछ ।’

 



प्रतिक्रिया दिनुहोस्