Logo

एनएमबि बैंकको २० लाख कित्ता ऋणपत्र बाँडफाँट



काठमाडौं, १२ जेठ । एनएमबि बैंक लिमिटेडले आज ऋणपत्र बाँडफाँट गरेको छ । बैंकले जेठ २ गतेदेखि ६ गतेसम्म विक्रीमा ल्याएको २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र विक्री आज बाँडफाँट गरेको हो ।

बैंकको अनुसार तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरुलाई जेठ ११ गते ऋणपत्र बाँडफाँट गरेको हो । १० वर्षे अवधिको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदर भएको (“एनएमबि ऋणपत्र ८.५–२०८७/८८”) नामको ऋणपत्र जेठ २ गतेदेखि विक्रीमा ल्याएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot