Logo

प्रियंकालाई चुम्बन गर्न अगाडी बढ्दा निकको आँखा गाउनमा परेपछि…



एजेन्सी, १२ जेठ । बलिउड देखि हलिउडसम्म अभिनयमा जम्ने एक मात्र चर्चित कलाकार हुन् प्रियंका चोपडा । प्रियंका र उनका पति निक बलिउड र हलिउड उद्योगका सबैभन्दा मायालु र शक्तिशाली जोडी हुन् ।

आज उनीहरुको केही भिडियो र तस्वीर सार्वजनिक भएको छ । भिडियो पुरस्कार समारोहको हो । कार्यक्रमका होस्ट निक र प्रियंका कार्यक्रमकी प्रस्तुतकर्ता थिइन् ।

प्रियंका र निक जोनसले शेयर गरेको भिडियोमा निकलाई प्रियंकाले चुम्बन गर्न अगाडी सरेकी हुन्छिन्, तर उनको गाउन खुट्टामा सर्छ । निकको आँखा अभिनेत्रीको खट्टाको गाउनमा जान्छ । त्यहि समयमा, प्रियंका केहि झर्को मान्छिन्, यो देखेर निक जोनस तुरुन्तै निहुरेर प्रियंकाको गाउन मिलाईदिन्छन् । मिलाएपछि दुबै जना क्यामेरा अगाडि उभिन्छन् ।

यस भिडियोमा निकले भद्र व्यक्ति भएको प्रमाण दिएका छन् । निक र प्रियंकाको यो भिडियो फ्यानहरूले धेरै मन पराउँछन् । निकलाई भद्र मानिसको संज्ञा दिँदै एक प्रयोगकर्ता लेख्छन्, ‘उनी भद्र मानिस हुन् ।’



प्रतिक्रिया दिनुहोस्