Logo

मल्लिका शेरावत भन्छिन्ः “‘मर्डर’ को बोल्डसिनले मेरो नैतिक पतन भयो”



एजेन्सी, १२ जेठ । बलिउड अभिनेत्री मल्लिका शेरावतले १७ वर्ष अगाडी मर्डर फिल्ममा दिएको बोल्डसिन बारे मुख खोलेकी छिन् । शेरावतले आज लामो समयदेखि चर्चामा आएको फिल्म मर्डरमा अभिनेता इमरान हाश्मीसँग का बोल्ड तस्वीरको बारेमा टाइम्स अफ इन्डियालाई दिएको अन्तर्वातामा यस्तो बताएकी हुन् ।

उक्त फिल्म २००४ मा प्रदर्शन भएको थियो । अन्तर्वाताको क्रममा मल्लिकाले फिल्मको बोल्ड सिनकै कारणले आफ्नो नैतिक पतन भएको खुलाशा गरेकी हुन् । उनले पछिल्लो समयमा कलाकारहरुलाई बोल्ड सिनको दृश्यहरुप्रति दर्शकहरुको दृष्टिकोण परिर्वतन भएको समेत बताएकी छिन् ।

उनले अन्तर्वातामा भनेकी छिन्, ‘२००४ मा मर्डर फिल्ममा अभिनय गर्दा फिल्ममा भएको सिन हेरेर मानिसहरुले मेरो लगभग नैतिक पतन गरिदिए, मलाई तल्लो स्तरको महिलाको रुपमा हेरे, तर हाल अवस्था फेरिएको छ । मानिस र सिनेमाको पनि दृष्टिकोण बदलिएको छ ।’

मल्लिकाले आफुले मर्डर फिल्ममा महिलाका लागि अद्भुत भूमिका खेलेका बताएकी छिन् । उनीे २००३ ’ख्वाहिश’ फिल्मबाट बलिउडमा आफ्नो क्यारियर शुरू गरेकी थिइन् । यस फिल्ममा उनका साथमा अश्मित पटेल मुख्य भूमिकामा थिए । मल्लिका शेरावतले पहिलो फिल्मबाट नै आफ्नो छुट्टै पहिचान बनाएकी थिइन् ।

 



प्रतिक्रिया दिनुहोस्