Logo

एकै पटक एउटै व्यक्तिमा भेटियो ब्लैक–ह्वाइट फंगस



एजेन्सी, १२ जेठ । कोरोना भाइरसको महामारीसँगै ब्लैक र ह्वाइट फंगशले दुःख दिइरहेको छ । भारतमा एकै व्यक्तिलाई ब्लैक एण्ड ह्वाइट फंगस एकैपटक भएको छ ।

ग्वालिएर जयारोग्य अस्पतालमा एक व्यक्तिमा ब्लैक एण्ड ह्वाइट फंगस भेटिएको हो । बिरामीलाई साइनसमा ब्लैक फंगसको लक्षण देखिएको थियो ।
सोमबार बिरामीको शल्यक्रिया भएको थियो । शल्यक्रिया पछि बिरामीमा ह्वाइटको फंगसको टिश्यु भेटिएको थियो । जसलाई डाक्टरले अपरेशन गरेर बाहिर निकाले ।

उत्तरप्रदेशको मेरठमा फंगसको समस्या आएको हो । बिरामीको दुरबिन बिधिबाट डाक्टरहरुले ब्लैक र ह्वाइट फंगसलाई निकालेपछि ती व्यक्तिको आँखाको ज्योति बचेको छ । Photo-Agency



प्रतिक्रिया दिनुहोस्