Logo

सञ्जय दत्तलाई युएईले किन दियो गोल्डेन भीसा



एजेन्सी, १२ जेठ । बलिउड सुपरस्टार सञ्जय दत्तलाई युएई सरकारले गोल्डेन भीसा दिएको छ । उनले आज गोल्डेन भीसा पाएका छन् । भारतमा कोरोना भाइरसको महामारी बढेपछि युएईले त्यहाँबाट यात्रा बन्देज लगाएको छ । तर, गोल्डेन भीसा पाउनेले भने यात्रा गर्न पाउनेछन् । सञ्जय दत्त गोल्डेन भीसा पाएर यात्रा गर्ने अनुमति पाउन सफल भएका छन् ।

सञ्जयलाई गोल्डेन भीसा दिनुमा मानवीय कारण रहेको छ । उनी फोक्सोको क्यान्सरको उपचार युएईको दुबईमा गराइरहेका छन् ।

सञ्जयले किमोथेरापीको माध्यमले क्यान्सरको उपचार गरिरहेका छन् । गोल्डेन भीसा पाएपछि उनले युएईप्रति सम्मान प्रकट गरेका छन् ।

तस्बिर स्रोतः सञ्जय दत्तको ट्वीटर पेज



प्रतिक्रिया दिनुहोस्