Logo

राष्ट्रपति भण्डारीले भारतीय राष्ट्रपतिलाई पठाएको पत्रमा के छ



काठमाडौं, १२ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई आज एक पत्र लेखेकी छिन् । उनले कोरोना भाइरसविरुद्धको खोपको सहजीकरणको आग्रहसहित भारतीय समकक्षीलाई पत्र लेखेकी हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार कोरोना भाइरसविरुद्ध कोभिशिल्ड भ्याक्सिनको सहजीकरणका लागि उनले आग्रह गर्दै पत्र लेखेकी हुन् । राष्ट्रपति भण्डारीले यसअघि उपलब्ध अनुदानको खोप र स्वास्थ्य सामाग्रीका लागि भारतलाई धन्यवाद समेत व्यक्त गरेकी छिन् ।

यसअघि भारतले १० लाख डोज खोप नेपाललाई अनुदानस्वरुप दिएको थियो । त्यसपछिको १० लाख डोज सेरमद्वारा उत्पादित कोभिशिल्ड रोकिएको छ ।
भारतमा कोरोना भाइरसको महामारी बढेपछि निर्यातमा रोक लगाइएको छ । यसको असर नेपालमा पनि परेको छ ।



प्रतिक्रिया दिनुहोस्