Logo

राप्रपा त्रय अध्यक्षले भने : सत्ता स्वार्थका लागि नागरिकता अध्यादेश ल्याईयो (विज्ञप्तीसहित)



काठमाडौं, १२ जेठ । राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले हालै जारी भएको नागरिकतासम्बन्धी अध्यादेशको विरोध जनाएका छन् ।

अध्यक्षत्रयले आज संयुक्त हस्ताक्षरसहित विज्ञप्ती जारी गर्दै सरकारले सत्ता स्वार्थको लागि यो अध्यादेश ल्याएको भन्दै आफ्नो पार्टीको गम्भीर ध्यानाकार्षण भएको जनाएका छन् ।

जारी विज्ञप्तीमा भनिएको छ-“विधि, प्रक्रिया मिचेर तथा सत्ताको सौदावाजीका निम्ति राष्टिय हितविपरित प्रावधान राखेर जारी भएको अध्यादेशबारे पूनर्विचार गर्न सरकारसँग राप्रपा आग्रह गर्दछ ।” File Photo/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्