Logo

कोरोना रोकथाम तथा उपचारका सामग्री आयातमा अब सहज



काठमाडौं, जेठ १३ । कोरोना (कोभिड–१९) नियन्त्रणका सामग्री आयातमा सरकारले सहजीकरण गरी भन्सार प्रक्रिया सरल बनाएको छ । त्यस्ता सामग्रीको आयातमा अब लामो प्रक्रियागत झन्झट व्यहोर्नुपर्ने छैन । त्यस्ता सामान आयातका लागि शीघ्र भन्सार प्रक्रियाको कार्यविधि तर्जुमा गरी कार्यान्वयनमा ल्याएपछि अब आपूर्ति सहज हुने भएको हो ।

भन्सार विभागका महानिर्देशक यमलाल भुसालले कोभिड–१९ को नियन्त्रण तथा उपचारलाई प्रमुख प्राथमिकतामा राखी आवश्यक माल वस्तुको आयातमा ‘शीघ्र भन्सार प्रक्रिया’ सुरु भएको जानकारी दिए । त्यसका लागि कोभिड–१९ को रोकथाम र उपचारसँग सम्बन्धित माल वस्तुको शीघ्र जाँचपास कार्यविधि, २०७८ जारी गरी कार्यान्वयनमा ल्याइएको उनको भनाइ छ । भन्सार ऐन, २०६४ को दफा ९३ बमोजिम सो कार्यविधि निर्माण गरी लागू गरिएको उनले स्पष्ट पारे ।

नयाँ प्रक्रियामार्फत मालवस्तु आयात गर्दा भन्सार जाँचपासको समयमा अन्य वस्तुको आयातकर्तासँगै पालो कुर्न नपर्ने र सुरुमै पालो पाइने छ । यसअघि सरकारले कोभिड–१९ को उपचारसँग सम्बन्धित माल वस्तुको पैठारीमा महसुल छुट दिने निर्णय गरिसकेको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot