Logo

घनश्याम भुसालमाथि सुर्य थापाको आरोपः पार्टी फुटाउने मौलिक बानी



काठमाडौं, १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले एमाले नेता घनश्याम भुसालमाथि सधै पार्टी फुटाउँदै हिडेको आरोप लगाएका छन् । उनले भुसालमा पार्टी बनाउने बानी परिसकेको टिप्पणी गरेका छन् ।

आज ट्विट गर्दै थापाले कहिले झलनाथ खनाल विरुद्ध, कहिले मदन भण्डारीका विरुद्ध, कहिले माधव नेपाल विरुद्ध त कहिले केपी शर्मा ओली बिरुद्धको गुटमा लागेको आरोप लगाए । उनले वामदेव गौतमसँग मिलेर पार्टी फुटाएको समेत उल्लेख गरे ।

सुर्य थापाले ट्विटमा लेखेका छन्ः  घनश्याम भुसाल- जेएन महासचिव हुँदा सीपी, मदनकाे विचारविरूद्द सीपी-जेएन,माधवविरूद्द वामदेव-सीपी, माधवविरूद्द जेएन, केपीविरूद्द माधव-प्रचण्डसाथ सिद्धान्तहीन गुट। वामदेवले पार्टी फुटाउँदा उग्रसहयाेगी, दुई वर्ष नबित्दै तेस्राेधारका अभियानकर्ता, सधै गडबडी! पार्टी बनाउने माैलिक बानी ?



प्रतिक्रिया दिनुहोस्