Logo

‘अनामनगरको जग्गा खाने’ हरि गिरीको वास्तविकता



गोपालकृष्ण गड्तौला: काठमाडौं, १३ जेठ । यो अनामनगरको जग्गा जग्गा दलालले खानका लागी दाह्रा गाडेको २५ बर्ष भन्दा बढी भैसकेको छ । विभिन्न मिडियामा आएको समाचारले हामि यो अभियानमा लाग्ने, सहानुभूति प्रकट गर्ने, मुख खोल्न नसक्ने तर भित्रभित्रै सरकारी होस् भनि धारणा राख्ने सबैको जीत भएको छ ।

आज एउटा कुरा, जमानामा गरिएको निर्णयको बारेमा भइसकेको इतिहास जीवन्त राख्न ययाँ २ शब्द लेखौं जस्तो लाग्यो । यो सार्बजनिक जग्गामा अनामनगरबासीले पिकनीक पनि यहि स्थानमा खाएका छौं । साथी हेम ( हेम पाठक ) नेपालमा रहदा तथा स्व. यज्ञनीधि दाहाल हुँदैको कुरा हो । एक पटक अक्सिडेण्टल स्कूलले एउटा टहरामा आगो लगाए । दोष चाहिँ यज्ञनीधि दाहाललाई लगाएर अक्सिडेण्टल प्रशासनले ठूलो टेन्सन खडा गरे । स्कूलले केश गरÞ्यो । समाज लाग्यो । त्यसमा पनि स्व. पद्यराज सुवीदी, श्री सिताराम खनालसमेत लागेर झुटा केस सकियो । उक्त समयमा समाज दर्ता चाहिं थिएन, तर “ अनामनगर सामाजिक समाज “ भन्ने नामाकरण गरिएको थियो ।

गोपालकृष्ण गड्तौला

तात्कालीन् समाजमा रहनु हुने महानुभावज्यूमा स्व. पदम राज सुवेदी, श्री सिताराम खनाल, आदी हुनुहुन्थ्यो । गोपाल जोशी त अग्रपंतीमा नै हो । तत्कालीन् समयमा हाम्रा साथी हरिप्रसाद गिरी पनि हुनुहुन्थ्यो । उहाँ कोषाघ्यक्षको जिम्मेवारी सम्हाल्नु भएको थियो उक्त समितिमा रहेर । पछि हरि गिरी बिस्तारै जग्गा दलालको खेमामा लाग्नु भएछ र समाज तिर कुदृष्टी राख्न थाल्नु भयो । हाल आएर सोच्दा अनामनगर समाजका कमजोरी प्वाइन्ट लाई जग्गा दलालसँग मिलेर सार्वजनिक जग्गा आफ्ना नाउमा ३/४ आना कति हो ठ्याक्कै थाहा भएन, दर्ता गराए पश्चात सामाजिक विकास समाज समाजसँग टाढिनु भएको कुरा प्रमाणित भयो ।

तात्कालीन् देखिका सबै साथी भाईहरु यता उता लाग्नु भएको छ , श्री युवराज सुवेदी, श्री बासु गिरी दाईको पनि याद आयो ।लफडा पश्चात सार्वजनिक जग्गा खाने दाउ स्कूलको भएपनि तात्कालीन एउटा माइन्युट बुक थियो । कहिले यज्ञनीधि दाहालकोमा पनि हुन्थ्यो । ठ्याक्कौ समय याद भएन तर उक्त अनामनगर समाजले सो म्याइन्युटमा सार्वजनिक जग्गा प्रयोग गरे बापत अक्सिडेण्टल स्कूलले मासिक १०००० भाडा दिने भन्ने निर्णयमा उक्त स्कूलका संचालक/मालिक ( मैले नाम बिर्सिएं) ले समेत सहि गरेको थियो ।  त्यो माइन्युट तत्कालै हरायो। कस्ले गायब गर्यो  थाहा भएन ।

२५ वर्ष पहिलेका जग्गा दलालको नाम किन पो चाहियो र ! त्यति खेर देखिको लडाईमा सबैको अनामनगरबासी दाजू भाई दिदी बहिनी, भाइ भतिज आदीको सहयोगले मात्र यो लडाई सरकारको जग्गा सरकारका नाउमा ल्याउन सफल भएका छौं ।

यो लडाई कानूनी रुपमा सामाजिक विकास समाज दर्ता धेरै पछाडि मात्र गरियो पहिलो अध्यक्ष गोपाल जोशी हुनु भएको थियो । गोपाल जोशीले कानूनी रुपमा शुरु गरेको लडाईमा शान्ताराम पोखरेल, जो तत्काल काठमाण्डौ महानगरपालिकामा प्रशासन प्रमुख हुनुहुन्थ्यो, उहाँ पछि समाजको अध्यक्ष हुनुहुन्थ्यो, यो सफलतामा ठूलो हात छ ।

अब सरकारले जग्गा कित्ताकाट बाट हाल साबिक गरेर लगेका जग्गा फिर्ता ल्याए पछि बल्ल २५ वर्ष भन्दा पहिले देखिको सरकारी जग्गा सरकारको नाउमा आएपछि मात्र यो अभियानमा संलग्न सम्पूर्णले शान्तीको श्वास लिनेछौं । (सचिव, सामाजिक विकास समाज अनामनगर)



प्रतिक्रिया दिनुहोस्