काठमाडौं, १३ जेठ । विघटित प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले संविधानविद्हरूसँग आज परामर्श गर्दैछन् । सभामुखको सचिवालयले जनाएअनुसार संविधानविद्हरुसँग आज दिउँसो १ बजे बानेश्वरस्थित संसद भवनमा छलफल गर्ने भएका हुन् ।
यसअघि सभामुख सापकोटाले पूर्व सभामुखहरुसँग छलफल गरेका थिए । उक्त छलफलमा पूर्व सभामुखहरुले पनि संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्दै सबै मिलेर त्यसको विरुद्धमा लड्नुपर्ने निश्कर्ष निकालेको थियो । सभामुख सापकोटाले पनि विज्ञप्ती निकालेर संसद् विघटन गर्ने कदम असंवैधानिक भनेका थिए । File Photo/ReportersNepal




प्रतिक्रिया