Logo

नेप्सेद्वारा हिमालयन इन्स्योरेन्सको शेयरमुल्य समायोजन, साधारण सभा कहिले ?



काठमाडौं, १३ जेठ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज शेयरमुल्य समायोजन गरेको छ । नेप्सेको अनुसार आज कम्पनीले प्रस्ताव गरेको ३ प्रतिशत बोनस शेयर प्रयोजनको लागि शेयरमुल्य समायोजन भएको हो । कम्पनीको २८ औं वार्षिक साधारण सभा जेठ २८ गते हुने भएको छ ।

कम्पनीको अन्तिम कारोबार मुल्य ७ सय ६६ रुपैयाँको आधारमा ३ प्रतिशत बोनस शेयरपछिको मुल्य ७ सय ४४ रुपैयाँ नेप्सेले तोकेको हो । आज नयाँ समायोजन पछिको शेयरमुल्य अनुसार कम्पनीको शेयर कारोबार खुला हुने भएको छ ।

समायोजनपछि शेयर खरिद गर्ने लगानीकर्ताहरुले कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न सक्ने छैनन् । जेठ ११ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्