Logo

माधव नेपाल पक्षमा फर्किएका गोकर्णको टिप्प्णी : पार्टी एकतालाई जोगाउन अन्तिमसम्म इमानदार प्रयत्न रहनेछ



काठमाडौं, १३ जेठ । नेकपा (एमाले)का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकर्ण विष्टले आफूहरु पार्टी एकतालाई जोगाउनको लागि गम्भीर रहेको र अन्तिम क्षणसम्म पनि ईमानदार प्रयत्न रहने विश्वास दिलाएका छन् । हिजोमात्रै वरिष्ठ नेता माधव कुमार नेपाल समूहमा फर्किएका नेता विष्टले आज यस्तो टिप्पणी गरेका हुन् । तर, पार्टी एकताको लागि एमाले र जनसंगठनका सबै तहका कमिटीहरुलाई २०७५ जेठ २ को पूर्ववत अवस्थामा फर्काउनुपर्ने उनको शर्त छ ।

सामाजिक सञ्जालमार्फत नेता विष्टले भनेका छन्-“नेकपा एमाले र जनसंगठनका सबै तहका कमिटीहरुलाई २०७५ जेठ २ को पूर्ववत अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन हाम्रो तर्फबाट अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहनेछ । राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि सही विचार र कार्यदिशा अवलम्बन गरेको सवल एवं एकीकृत पार्टीले मात्रै महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सक्दछ ।”



प्रतिक्रिया दिनुहोस्