Logo

बलिउडको पहिलो व्यक्तिको रुपमा संजय दत्तले पाए युएईको गोल्डेन भिजा



एजेन्सी, १३ जेठ ।  बलिउड अभिनेता संजय दत्तका शुभचिन्तकहरु विश्वभर रहेका छन् । संजय दत्त प्रायः सामाजिक सञ्जालमा पोस्ट गरेर फ्यानहरुसँग जोडिदै आएका छन् । आज संजय दत्तले ट्विट गर्दै संयुक्त राज्य एमिरेट्स (युएई)को गोल्डेन भिजा पाएको जानकारी दिएका छन् ।

एजेन्सीको अनुसार संजय युएईको गोल्डेन भिजा पाउने बलिउडका पहिलो व्यक्ति हुन् । गोल्डेन भिजा पाएपछि उनले युएईका अधिकारीहरुलाई धन्यवाद दिएका छन् । संजयलले आफ्नो युएईको राहदानी सहितको एउटा फोटो र अर्को मेजर जनरल मोहम्मद अल मारीको साथमा भएको तस्वीर शेयर गरेका छन् ।

पछिल्लो पटक संजय दत्त फिल्म ’पानीपत’ मा देखा परेका थिए । अब उनी चाँडै केजीएफः च्याप्टर २, शमेरेशा, भुजः द प्राइड अफ इन्डिया र पृथ्वीराजमा देखा पर्दैछन् ।



प्रतिक्रिया दिनुहोस्