Logo

कोरोना संक्रमणबाट जर्नेल दिनेश केसीको निधन



काठमाडौं, १३ जेठ । कोरोना भाइरसको संक्रमणबाट नेपाली सेनाका सहायकरथी दिनेशकुमार केसीको निधन भएको छ । उनको बिहिबार विहान निधन भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि एक साता अघि सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा जर्नेल केसीको निधन भएको नेपाली सेनाले जनाएको छ । उनको मृत्युप्रति सेनाका पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीले फेसबुकमा लेख्दै दुःख व्यक्त गरेका छन् ।

जर्नेल केसी १३ नम्बर बाहिनी जावलाखेमा कार्यरत थिए । कोरोना संक्रमणबाट मृत्यु हुने केसी अहिलेसम्मकै सेनाका बहालवाला उच्च अधिकारी हुन् ।



प्रतिक्रिया दिनुहोस्