Logo

विश्वको ५३ देशमा पुग्यो कोरोनाको भेरियन्ट, अमेरिका र कोलम्बियामा घट्दै अन्य देशमा बढ्दै



एजेन्सी, १३ जेठ । विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ)को अनुसार भारतमा पहिलो पटक भेटिएको B.1.617 कोरोना भेरियन्ट विश्वका ५३ देशमा फैलिएको छ । सबैभन्दा पहिले यो भेरियन्ट भारतमा भेटिएको थियो ।

केही महिना अघि भारतबाट सुरु भएको नयाँ भेरियन्ट भारतमा २३ प्रतिशतले कमी आएको छ । तर पनि दैनिक जति संख्यामा संक्रमित थपिएका छन् अन्य देशमा भन्दा धेरै हो । डब्लु एच ओ अनुसार गएको १ हप्तामा विश्वभर कोरोनाबाट मृत्यु हुनेको दर घटेको छ । विश्वभर ४१ लाख नयाँ सक्रमित थपिएका हुन् भने ८४ हजार जनाको निधन भएको हो । यो पहिलेको भन्दा कम हो । संक्रमितको यो दर १४ प्रतिशतले कम हो भने मृत्युदर पनि २ प्रतिशतले कम भएको हो ।

विश्वभर हालसम्म कोरोना भेरियन्ट ३ प्रकारका पत्ता लागेको छ । वैज्ञानिकहरुले B.1.617.1, B.1.617.2, र B.1.617.3 नाम दिएका छन् । अनुसन्धान गर्दा अनुवंशिक संरचनामा केही परिर्वतनहरु भएका कारण यसको प्रभाव धेरै भएको पत्ता लागेको छ । डब्लु एच ओ को अनुसार B.1.617.1 प्रकारको भेरियन्ट ४१ देशमा, B.1.617.2 को भेरियन्ट ५४ देशमा , र B.1.617.3 को भेरियन्ट ६ वटा देशमा हालसम्म भेटिएका छन् । विश्व स्वास्थ्य संगठनले B.1.617 लाई गम्भिर श्रेणीमा राखेको छ ।

बितेको एक हप्तामा सबैभन्दा धेरै भारतमा धेरै संक्रमित भएको डब्लु एच आ बताएको छ । डब्लु एच ओ अनुसार ब्राजिलमा ३ प्रतिशतले संक्रमणदर बढेको छ, अजेन्टिनामा ४१ प्रतिशतले वृद्वी भएको छ भने, अमेरिका र कोलम्बियामा क्रमशः २० र ७ प्रतिशतले संक्रमणदर घटेको छ । विगत ४ हप्तामा विश्वभर नयाँ संक्रमणदर कम आएको छ भने मृत्युको संख्या बढेको छ । Photo-Agnecy

 



प्रतिक्रिया दिनुहोस्