Logo

गृहमन्त्रालय जसपाले सम्हाल्ने गरी सरकारमा सहभागी हुनेछः जसपा नेता राजीव झा



काठमाडौं, १३ जेठ । जनता समाजवादी पार्टीका नेता राजीव झा निकै सक्रिय छन् । उनी कोरोना भाइरसको महामारीमा देशका कुना काप्चामा पुगी जनताको सेवामा समर्पित छन् । साथै देशको राजनीतिक घटनामा पनि उनको भूमिका उत्तिकै छ । झासँग ऋषि धमलाले रेडियो एनआरएनका लागि गरेको कुराकानीः

राजिव झा जी तपाईँको पार्टी सरकारमा कहिले जान्छ ?
हाम्रो पार्टीले उठाएका अधिकांश मुद्दाहरु सरकार सम्बोधनको क्रममा छ । यी मुद्दाहरु सम्बोधन भएको दिनमा जसपा सरकारमा जान्छ । हाम्रो मुद्दाहरु सम्बोधन भइसकेको छ अब सरकारमा जाने हाम्रो नेतृत्वले पहल गरिरहनु भएको छ । अनुकूल भएपछि सरकारमा जान्छ ।
कति दिन भित्र तपाईँहरु सरकारमा जाने ठ्याके भन्नुहोस् न ?
त्यो दिन भन्न सकिदैन । आजपनि जान सकिन्छ भोलिपनि जान सकिन्छ, दुईचार दिनमा पनि जान सकिन्छ । अहिले हाम्रो पार्टीभित्रको जुन आन्तरिक समस्या छ । त्यो समस्या मिलाउनतिर लागिएको छ ।
आन्तरिक समस्या के छ ? तपाईँहरु फुटको तयारीमा हुनुहुन्छ होईन ?
पार्टी फुट्दैन कोही नेताज्युहरु त्यो पार्टीबाट बहिर जानसक्नु हुन्छ । तर पार्टी फुट्दैन । जसपा रहिरहन्छ । जसपाको भित्री होमवर्क गरिरहनु भएको छ र उहाँहरु सबैलाई एकजुट गरेर लैजानुहुन्छ ।
कार्यकारिणी समितिमा त तपाईँहरु अल्पमतमा हुनु हुन्छ नि त ? उपेन्द्र यादव , डाः बाबुराम भट्टराई बहुमतमा हुनुहुन्छ ?
त्यस्तो छैन । बाहिर जति हल्ला गरेको छ त्यति पनि होईन । ३३ जना भनेर हल्ला गरिएको थियो त्यसमा २२ जनामात्र आउनुभएको थिो । त्यसमा ३ जनाले हस्ताक्षर पनि गर्नुभएको छैन । हाम्रो कार्यकारिणी समितिमा रहेका साथिहरुले भन्नुभएको छ कि हाम्रो पार्टी फुट्नु हँुदैन । पार्टी फुटाउने पक्षमा उहाँको पक्षका साथिहरु प्नि हुनुहुन्न । उहाँहरु पनि यतै हुनुहुन्छ । पार्टीमा बहुमत अल्पमत छैन । जसपा यो सरकारलाई सघाउने पक्षेमा छ । यो सरकारले हाम्रो मुद्दाहरु संवोधन गरेक हो र रेशम चौधरीको हिजो बहस थियो त्यो मुद्दा पनि क्लिएर हुने अवस्थामा छ । त्यसैले सबै जना एक ढिक्का भएर यो सरकारलाई सघाउने मनस्थितिमा हुनुहुन्छ ।
त्यसोभए तपाईँको पार्टीबाट कतिजना मन्त्री बन्दै हुनुहुन्छ ? र कुन कुन मन्त्रालय पाउनु भयो तपाईँहरुले ?
मन्त्रालयको बारेमा जुन मिडियाहरुमा आईरहेको छ त्यो केहीपनि होईन । होइन हामीहरुले
अधिकतम मन्त्रलय पाउँ भन्ने हाम्रो बाग्रेनिङ हो । त्यो पनि लिने दिने बीचका बार्गेनिङ हुन्छ । त्यो बार्गेनिङमा हाम्रो अध्यक्ष महन्थ ठाकुर राजेन्द्र महतोज्यु हुनुहुन्छ । अनिल झाजयू लाग्नुभएको छ । र उहाँले अधिकतम लिनुहुन्छ र हामीले अधिकतम पाउने अपेक्षा पनि राखेका छौँ ।
त्यसोभए सरकारमा जाँदा कुन कुन मन्त्रालय पाउँनु हुन्छ त ? गृह मन्त्रालय तपाँईले दावि गर्नुभएको छ ?
गृह मन्त्रालय पनि पाउनु पर्छ । वास्तवमा यो गृह मन्त्रालय जसपालाई नै आवश्यक छ ।
किन आवश्यक छ ? तपाईँलाई गृह मन्त्रालय ?
यो मुलुकको रक्षा गर्ने हामी भुमिपुत्रहरु हाँै । हमीहरु यो देशको रक्षा गर्ने, हामी भुमिपुत्र नेपाली हौँ । हामीहरुलाई मौका नै बनेको छैन, कमैमात्र मौका बनेको छ । मधेशवादी दलबाट गृह मन्त्री बन्न यो देश एक ढिक्का हुनको लागिपनि मधेशवादी दलबाट यदि गृह मन्त्री वनाईयो भने हाम्रो समस्याहरु समाधान हुनको लागि पनि गृह मन्त्री या रक्षा मन्त्री जस्तो महत्वपुण मन्त्रालयहरु दिनको लागि उदारता देखाउनु पर्दछ ।
नागरिकता अध्यादेश आयो यसका विरोध भयो नि ? किन ?
नागरिकता विधेकको त विरोध नै हुनु हुँदैन । त्यो विरोध गर्नेहरु त नेपाली नै हाईन या नेपाललाई माया गर्ने नै होईन । यो नागरिकता विधेकले सबैलाई हित गर्छ । ये देशलाई हित गर्छ । देशको जनतालाई हित गर्छ ।



प्रतिक्रिया दिनुहोस्