Logo

डिप्रोक्स लघुवित्तको स्वतन्त्र सञ्चालकमा दाहाल



काठमाडौं, १३ जेठ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले स्वतन्त्र सञ्चालकमा श्यामकृष्ण दाहाललाई नियुक्त गरेको छ । स्वतन्त्र संचालक नरेशमान प्रधानको बैंशाख २६ गते निधन भएपछि रिक्त रहेको संचालकमा दाहाल नियुक्त भएका हुन् ।

कम्पनीको जेठ ११ गते बसेको सञ्चालक समितिको बैठकले दाहाललाई नियुक्त गरेको हो । लघुवित्तको अनुसार दाहाल जेठ ११ गतेदेखि आगामी ४ वर्ष सम्मको लागि स्वतन्त्र सञ्चालकमा नियुक्त भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्