Logo

सामान्य अंकले नेप्से घट्दा इतिहासकै उच्च कारोबार



काठमाडौं, १३ जेठ । साताको कारोबारको अन्तिम दिन आज नेप्से सामान्य अंकले घटेको छ । ०.४ प्रतिशत अर्थात १ दशमलव २० अंकले नेप्से घट्दा २८ सय १५ दशमलव ३९ विन्दुमा परिसुचक रोकिएको हो ।  त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ०.२८ अंकले घटेर ५०३ दशमलव ७० विन्दुमा रोकिएको हो ।

आज नेप्से परिसुचक अनुसार २१५ कम्पनीको १ लाख ४७ हजार ४९३ पटक कारोबार भएर १४ अर्ब ७६ करोड ८८ लाख ८ हजार ४९२ रुपैयाँ बराबरको ४ करोड १८ लाख १३ हजार ९९४ कित्ता शेयर खरिद विक्रि भएको छ । यो हालसम्मकै उच्च कारोबार हो ।  बिहीबार ६ उपसमुह मध्ये ६ समुहको सुचक बढेका छन् भने अन्य ७ समुहको घटेका छन् ।



प्रतिक्रिया दिनुहोस्