Logo

निर्वतमान सभापति पालद्वारा सवारी फिर्ता



काठमाडौँ, १३ जेठ: प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक समिति सभापति निरुदेवी पालले आफूले सभापतिको हैसियतले प्रयोग गर्दै आएको सवारी साधन आज फिर्ता गरेकी छिन् ।

सङ्घीय संसद् सचिवालयले महिला तथा सामाजिक समिति सभापतिका हैसियतले उपलब्ध गराएको गाडी आज सकुशल सवारी शाखामा बुझाएकी हुन् । निर्वतमान सांसद पालले भनिन, “प्रतिनिधिसभा विघटन भइसकेको छ, समिति सभापतिको हैसियतले मैले प्रयोग गर्दै आएको सवारी फिर्ता आज गरेको छु ।”रासस



प्रतिक्रिया दिनुहोस्