Logo

शेयर बजारमा गिरावट आएपनि आज यी कम्पनीको सर्वाधिक कारोबार



काठमाडौं, १३ जेठ । नेप्से आज सामान्य अंकले घटेको छ । ०.४ प्रतिशत अर्थात १ दशमलव २० अंकले नेप्से परिसुचक घट्दा २८ सय १५ दशमलव ३९ विन्दुमा थामिएको हो ।

बिहीबार (आज) १४ अर्ब ७६ करोड ८८ लाख ८ हजार ४९२ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । नेप्सेको अनुसार आज सबैभन्दा धेरै अपी पावर कम्पनीको कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता शेयरमुल्य ३७६ रुपैयाँ कायम भई ४३ करोड २८ लाख भन्दा बढीको कारोबार भएको हो । अरुण काबेली हाईड्रोपावरको प्रतिकित्ता शेयरमुल्य कायम भई ४६३ रुपैयाँ कायम भई ३७ करोड ७४ लाख भन्दा बढीको शेयर कारोबार भएको छ ।

त्यस्तै, चिलिमे हाईड्रोपावर कम्पनीको प्रतिकित्ता प्रतिशेयर मुल्य ७५१ रुपैयाँ कायम भई ३७ करोड भन्दा बढीको कारोबार भएको छ । यसैगरी, आज युनाईटेड मोदी हाईड्रोपावर, नेपाल पुनर्बीमा कम्पनी, सानिमा माई हाईड्रोपावर, नेशनल हाईड्रोपावर, वुटवल पावर कम्पनी, अरुण भ्याली हाईड्रोपावर र छिमेक लघुवित्तको सर्वाधिक कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot