Logo

नेप्सेमा १४ अर्बको शेयर कारोबार हुँदा आज यी कम्पनीका लगानीकर्ताले कमाए उच्च



काठमाडौं, १३ जेठ । बिहीबार (आज) २१५ कम्पनीको १ लाख ४७ हजार ४९३ पटक कारोबार भएर १४ अर्ब ७६ करोड ८८ लाख ८ हजार ४९२ रुपैयाँ बराबरको ४ करोड १८ लाख १३ हजार ९९४ कित्ता शेयर खरिद विक्रि भएको छ । यो इतिहासकै हालसम्मको उच्च कारोबार हो ।

खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको आज २३ रुपैयाँले शेयरमुल्य बढेर अन्तिम मुल्य २५३ रुपैयाँ कायम भई १० प्रतिशतले बढेको हो । त्यस्तै, नेपाल हाइड्रो डेभलपर्श कम्पनीको प्रतिकित्ता शेयरमुल्य ४२ रुपैयाँले बढेर अन्तिम मुल्य ४६२ रुपैयाँ कायम भएको हो । कम्पनीको लगानीकर्ताले आज १० प्रतिशतले कमाएका छन् ।

यसैगरी, आज कालिका पावर कम्पनी, अरुण काबेली पावर, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सर्किट लेभलमा कारोबार भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्