Logo

एमालेका शाहसहित तीन मन्त्रीको सांसद पद खोस्ने तयारी



काठमाडौं, १३ जेठ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता एवं मन्त्री प्रकाशबहादुर शाहसहित तीन मन्त्रीलाई सांसदबाट पदमुक्त गर्ने तयारी भएको छ । उनीहरुलाई पदमुक्त गर्ने प्रक्रिया बढाउन आज एमाले सुदूरपश्चिम प्रदेश कमिटीले स्पष्टिकरण मागेको छ ।

स्पष्टिकरण मागिएकामा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाह, सामाजिक विकासमन्त्री कृष्ण सुवेदी र उद्दोग, वन तथा वातावरणमन्त्री माया भट्ट छन् । तीनैजना मन्त्रीलाई २४ घन्टाभित्र स्पष्टिकरण दिन पत्र पठाइएको छ ।

पत्रमा मन्त्री शाहलाई पार्टीका निर्णयहरुको अवज्ञा गरी पार्टी एकताविरुद्ध र विखण्डनको पक्षपोषण गरेको आरोप लगाइएको छ । उनीमाथि नितान्त आत्मकेन्द्रित आपराधिक मनोवृत्तिबाट ग्रसित रहेको आरोप समेत छ । एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले हस्ताक्षर गरेर पत्र पठाइएको छ ।



प्रतिक्रिया दिनुहोस्