Logo

राष्ट्रपति भण्डारीविरुद्ध महाभियोग नलगाएर दलहरुले गल्ती गरेः पूर्वमहान्यायाधिवक्ता श्रेष्ठ



काठमाडौं, १३ जेठ । पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाभियोग ल्याउनुपर्नेमा दलहरु रोकिंदा दोस्रोपटक प्रतिनिधि सभा विघटन गरिएको तर्क गरेका छन् । उनले भण्डारीविरुद्ध महाभियोग ल्याउनुपर्नेमा दलहरु चुकेको समेत बताएका छन् ।

‘पहिलोपटक प्रतिनिधि सभा विघटन गरेपछि राष्ट्रपतिलाई महाभियोग लगाएको भए दोस्रोपटक प्रतिनिधि सभा विघटन हुने थिएन,’ सभामुख अग्निप्रसाद सापकोटाले कानुनका जानकारहरुसँग गरेको परामर्शमा वरिष्ठ अधिवक्ता श्रेष्ठले भने,‘राष्ट्रपतिलाई महाभियोग नलगाएर दलहरुले गल्ती गरे ।’ उनले अमेरिकामा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग लगाएको प्रसंग औल्याउँदै राष्ट्रपति भण्डारीले गल्ती गरिसक्दा महाभियोग नलगाएकाले दोस्रोपटक पनि गल्ती गरेको तर्क गरे । उनले राष्ट्रपति भण्डारीलाई कलंकित भने ।

गल्ती गर्ने राष्ट्रपतिलाई त्यतिकै छुट दिंदा गल्ती दोहोरिएको उनको भनाई थियो । भविष्यमा गल्ती हुन नदिन पनि महाभियोग लगाउनुपर्नेमा छुट दिएर दलहरुले गल्ती गरेको टिप्पणी गरे । उनले राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी ओलीले भनेको जसरी गरेर देशलाई संकटमा धकेलेको आरोप समेत लगाए । Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्