Logo

संविधानविद् डा. आचार्यको टिप्पणी : प्रधानमन्त्री र राष्ट्रपतिले मान्छे मारेको भन्दा ठूलो अपराध गरे (भिडिओसहित)



काठमाडौं, १३ जेठ । संविधानविद् डा. भीमार्जुन आचार्यले प्रतिनिधिसभा विघटन गर्ने कदम असंवैधानिक भएको भन्दै पूनःस्थापनाका लागि कानूनमा पर्याप्त ठाउँ रहेको बताएका छन् । आज (बिहीबार) सभामुख अग्नि प्रसाद सापकोटाले आयोजना गरेको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । डा. आचार्यले भने, संसद् पूनःस्थापनाको लागि कानूनमा पर्याप्त ठाउँ छ । अदालत आफ्नो पुरानो फैसलामा अडिग हुनुपर्छ ।

उनले संसद् पूनःस्थापनाको माग लिएर सर्वोच्चमा मुद्दा परेको अवस्था भएकाले अदालतको फैसला नआउँदासम्म सभामुखले कुनै कदम चाल्न नहुने पनि सुझाव सदए । उनले आजको यस्तो दिन आउनुमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीमात्रै नभएर संसद् पनि जिम्मेवार रहेको टिप्पणी गरे । उनले भने-“सभामुखले यसलाई पनि नोटिसमा लिनुपर्छ ।”

उनले प्रधानमन्त्री र राष्ट्रपतिले संविधानमा ठूलो घात गरेको पनि आरोप लगाए । उनले प्रधानमन्त्री र राष्ट्रपति भण्डारीले मान्छे मारेको भन्दा ठूलो अपराध गरेको पनि आरोप लगाए । संविधान र देशप्रति यत्रो ठूलो घात हुँदापनि संसद, प्रतिपक्षी दल पनि मुकदर्श हुँदा आफू दुःखी भएको आचार्यको भनाई थियो । प्रधानमन्त्री र राष्ट्रपतिले योजनाबद्ध ढंगले यो संविधान कुल्चिने काम गरेको पनि बताए ।

त्यस्तै, उनले संसद् पुनःस्थापना भएपछि राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक काम रेकर्ड गर्नुपर्ने पनि बताए । संसद् पुनःस्थापना नभएसम्म कानुनी र संवैधानिक रुपमा सभामुखले केही पनि गर्न नसक्ने उनको भनाइ थियो । आचार्यले संसद् विघटन भइसकेपछि विशेष अधिवेशन आह्वान र राष्ट्रपतिलाई महाअभियोग लगाउने प्रक्रियातिर किन नगएको रु भन्दै प्रश्न गरेका छन् । उनले भने-“संसद्को विशेष अधिवेशन किन नबोलाएको रु २०–२१ घण्टाको मात्र समय दिएर सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्छ भने कुनै खेल, षड्यन्त्र छ भन्ने बुझ्ने कुरा होइन ? महाअभियोग दर्ता गर्न सकिँदैनथ्यो ? विशेष अधिवेशन बोलाउन सकिँदैनथ्यो ? सबै बर्बाद भएपछि हारगुहार गर्नुको अर्थ छैन ।” Video Source: NAN



प्रतिक्रिया दिनुहोस्