Logo

काठमाडौं महानगरपालिकाले आजदेखि यी ठाउँमा गर्दैछ निःशुल्क कोरोना परिक्षण



काठमाडौं, जेठ १४ । काठमाडौं महानगरपालिकाले आजदेखि पाँच दिन बृहत् कोरोना परीक्षण गर्ने भएको छ । समुदाय स्तरमा कोभिडको अवस्था बुझ्न एन्टिजेन विधिमार्फत् परीक्षण गर्न लागिएको महानगरले जनाएको छ ।

परीक्षण ३२ वटै वडाका तोकिएका केन्द्रमा हरेक दिन दुई ‘सिफ्ट’मा हुने महानगरले जानकारी दिएको छ । हरेक केन्द्रमा बिहान १० देखि १ बजेसम्म पहिलो र दिउँसो २ देखि ५ बजेसम्म दोस्रो सिफ्टमा परीक्षण हुने भएको हो ।

कोभिड बिरामीको प्रत्यक्ष सम्पर्कमा रहेका, अग्रपंक्तिमा काम गर्ने व्यक्ति, कोभिडका लक्षण देखिएका व्यक्ति साथै निषेधाज्ञाका बेला बाहिर काम गर्ने व्यक्तिको परीक्षण गरिने भएको हो ।



प्रतिक्रिया दिनुहोस्