Logo

अर्थ मन्त्रालयद्वारा पाल्पा अस्पताललाई थप तीन करोड



पाल्पा, जेठ १४ । पाल्पा अस्पतालमा आइसीयु र भेन्टिलेटरको व्यवस्था गर्न अर्थ मन्त्रालयले थप तीन करोड रूपियाँ स्वीकृत गरेको छ ।

अस्पतालको माग अनुसार आइसीयु र भेन्टिलेटरको व्यवस्था गर्न अर्थमन्त्रालयले बजेट स्वीकृत गरेको जनाएको छ ।

कोभिड–१९ कारण गम्भीर बिरामीको उपचारका लागि आइसीयु र आइसियु भेन्टिलेटरको व्यवस्था गर्न अर्थ मन्त्रालयले बजेट पठाएको हो ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले अक्सिजन प्लान्ट निर्माणका लागि पाल्पा अस्पतालको मागका आधारमा १ करोड ५० लाख बजेट स्वीकृत भएको थियो ।



प्रतिक्रिया दिनुहोस्