Logo

संवैधानिक इजलाश गठन, को को तोकिए



काठमाडौं, १४ जेठ । प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमाथ सुनुवाईका लागि प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराले संवैधानिक इजलास गठन गरेका छन् । इजलासमा उनीसहित पाँचजना न्यायाधीश छन् ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ तोकिएका छन् ।

अब प्रतिनिधि सभा विघटन र बहुमतको प्रधानमन्त्री शेरबहादुर देउवालाई नबनाएको विषयमाथि संवैधानिक इजलाशमा सुनुवाई भई किनारा लाग्नेछ ।

संविधानको धारा १३७ को उपधारा ३ मा ‘कुनै मुद्दामा गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएको देखिएमा त्यस्तो मुद्दा’ संवैधानिक इजलासले हेर्ने गरी प्रधानन्यायाधीशले तोक्न सक्ने व्यवस्था छ । संवैधानिक इजलासबाट सुनुवाइ भई प्रतिनिधि सभा विघटनविरुद्ध अन्तरिम आदेश दिने–नदिनेसम्बन्धी निर्णय हुनेछ ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित न्यायपरिषद्को सिफारिसमा प्रधानन्यायाधीशले तोकेका अन्य न्यायाधीश रहने प्रावधान छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot