Logo

मेरो माइक्रोफाइनान्सको ६१ हजार कित्ता लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौँ, १४ जेठ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको शेयरमा आजसम्म आवेदन दिन सकिन्छ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको ६१ हजार २ सय ७८ कित्ता कित्ता संस्थापक समूहको शेयर बैशाख ३१ गतेबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियो ।

कम्पनीले शेयरको न्युनतम मूल्य ६ सय २६ रूपैयाँ तोकेको हुँदा सो मुल्य वा सो भन्दा बढी  मुल्य अंकित गरी न्युनतम एक सय कित्तादेखि सबै कित्ताको लागि आजसम्म आवेदन दिन सकिनेछ । शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।



प्रतिक्रिया दिनुहोस्