Logo

पूर्व न्यायाधीश भण्डारीको दाबी : संसद् पूनःस्थापना हुन्छ (भिडिओसहित)



काठमाडौं, १४ जेठ । सर्वोच्च अदालतका निवर्तमान न्यायाधीश पुरुषोत्तम भण्डारीले संसद् पूनःस्थापना हुने विश्वास दिलाएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा काम गर्न ईच्छुक व्यक्ति भएको र उनलाई सबै न्यायाधीशहरुको साथ र सहयोग रहेको स्पष्ट पारे । उनले प्रधानन्यायाधीश जबराले न्यायालयलाई सुधारको प्रयास गरेको पनि विश्वास दिलाए । उनले संविधानको मर्मलाई हेर्दापनि प्रतिनिधिसभा पूनःस्थापना हुने दाबी गरे । संविधानसभाबाट संविधान बनाउँदा नै प्रतिनिधिसभा विघटन गर्ने कुरालाई कडा प्रावधान राखेको पनि उनले स्मरण गराए ।



प्रतिक्रिया दिनुहोस्