Logo

वीर अस्पताललाई प्राइम बैंकद्धारा स्वास्थ्य सामग्री सहयोग



काठमाडौं, १४ जेठ । कोभिड १९ महामारीविरुद्ध लड्न वीर अस्पताललाई ३० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्राइम बैंकले सहयोग स्वरुप प्रदान गरेको छ ।

बैंकले अस्पताललाई पीपीई, पोर्टेवल अक्सिजन सिलिण्डर, फेस मास्क, सानिटाइजर, अक्सिजन ट्रलि लगायतका विभिन्न स्वास्थ सामाग्रीहरु प्रदान गरेको हो । बैंकका संचालक मनोज पौडेलले वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

 

 



प्रतिक्रिया दिनुहोस्