Logo

संसद् विघटनसम्बन्धी परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाई सुरु



काठमाडौं, १४ जेठ । संसद् विघटनसम्बन्धी सर्वोच्च अदालतमा परेका रिटमाथि सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा गठित पाँच सदस्यहरु संवैधानिक इजलासमा सुनुवाई सुरु भएको हो । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध दायर विभिन्न ३० रिटमाथि सुनुवाइ सुरु भएको हो ।

संवैधानिक इजलाश गठन, को को तोकिए

अहिले रिट निवेदक सन्तोष भण्डारीले बहस सुरु गरेका छन् । इजलासमा प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot