Logo

काठमाडौं महानगरले आजदेखि निःशुल्क कोरोना परीक्षण गर्ने (तालिकासहित)



काठमाडौं १४ जेठ । आजदेखि काठमाडौं महानगरपालिकाले पाँच दिनसम्म बृहत् कोरोना परीक्षण गर्ने भएको छ । महानगरका अनुसार समुदाय स्तरमा कोरोना संक्रमणको अवस्था बुझ्न एन्टिजेन विधिमार्फत् निःशुल्क परीक्षण गर्न लागिएको हो ।

महानगरका ३२ वटै वडाका तोकिएका केन्द्रमा हरेक दिन दुई चरणमा मा कोरोना परीक्षण गरिने महानगरले जनाएको छ । प्रत्येक केन्द्रमा हरेक दिन बिहान १० देखि दिउँसो १ बजेसम्म पहिलो र दिउँसो २ देखि ५ बजेसम्म दोस्रो चरणमा परीक्षण गरिनेछ ।

कोभिड बिरामीको प्रत्यक्ष सम्पर्कमा रहेका, अग्रपंक्तिमा काम गर्ने व्यक्ति, कोभिडका लक्षण देखिएका व्यक्ति साथै निषेधाज्ञाका बेला बाहिर काम गर्ने व्यक्तिको परीक्षण गर्न लागिएको काठमाडौं महानगरले जानकारी दिएको हो ।परीक्षणका लागि महानगरले परीक्षण केन्द्र र समय तालिका प्रकाशित गरेको छ ।

तालिका हेर्नुस्



प्रतिक्रिया दिनुहोस्