Logo

भेरी अस्पतालमा डाक्टर र नर्समाथि कुटपिट गर्नेहरुलाई कानूनी कारबाहीमा ल्याउन प्रचण्डको माग



काठमाडौं, १४ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले भेरी अस्पतालमा डाक्टर नर्सहरुमाथि कुटपिट भएको घट्नाको निन्दा गर्दै खेद प्रकट गरेका छन्। उनले आफ्नै स्वास्थ्यलाई पनि ख्याल नगरी जनताको सेवामा अहोरात्र खटिएका स्वास्थ्यकर्मीहरुमाथिन ै सांघातिक हमला गरिनु दुःखद भएको भन्दै सांघातिक हमला गर्ने जो कोहीलाई पनि कानूनी कारबाही गरिनुपर्ने माग गरेका छन् ।

दाहालको सचिवालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ-नेपालगंज स्थित भेरी अस्पतालमा डाक्टर र नर्सहरु माथि भएको कुटपिट जस्तो अमानवीय व्यवहार प्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ र खेद प्रकट गर्दछ। हाम्रो पार्टीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा आफ्नो स्वास्थ्यलाई ख्याल नगरि अहोरात्र खटिएका स्वास्थ्यकर्मी माथि नै सांघातिक हमला गर्ने जो कोहिलाई पनि कानुनी कारवाही गरियोस् भनि माग पनि गर्दछ।



प्रतिक्रिया दिनुहोस्