Logo

नागरिक जोगाउनको लागि नै निषेधाज्ञा गरिएको हो, अहिले संक्रमण दर घटेको छ : काठमाडौंका सिडिओ पराजुली (भिडिओसहित)



काठमाडौं, १४ जेठ । काठमाडौंका सिडिओ कालीप्रसाद पराजुलीले निषेधाज्ञाकै कारण अहिले कोरोना संक्रमणको दर घटेको स्पष्ट पारेका छन् । तर, जति अपेक्षा गरेको हो त्यो अनुसारको अहिलेपनि पूर्ण नियन्त्रणमा लिन नसकेको भने उनले स्विकारे । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सिडिओ पराजुलीले यस्तो बताएका हुन् ।

उनले कोरोना संक्रमण नियन्त्रणको लागि सामूहिक प्रयास भैरहेको सुनाए । उनले अस्पतालमा यसअघि भएका अक्सिजनका अभाव पनि कम हुँदै गएको पनि सुनाए । उनले आगामी एक सातासम्म निषेधाज्ञा कठोर रुपमा लागु गरिने बताए । आगामी साताभित्र अब कोरोना संक्रमणको चेन ब्रेक गर्न सकिने पनि उनको विश्वास छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot