Logo

शाहरुख खानले छारे रोगको अभिनय गर्दा शिक्षकले जुत्ता फुकालेर सुघाएपछि…



एजेन्सी, १४ जेठ । बलिउड अभिनेता शाहरुख खान फिल्म उद्योगका एक सुपरस्टार हुन् । उनले उद्योगमा धेरै कडा मेहेनत गरेका कारण आज चर्चित छन् । जीवनमा उतार चढाव आएपनि उनले धेरै सुपरहिट फिल्महरुमा उनले अभिनय गरेका छन् ।

सुपरस्टार शाहरुख खानले स्कुल पढ्दाको निकै रमाइला र रोचक कथा बताउदै आएका छन् । खान दिल्लीमा अध्ययन गरेका हुन् । उनले दिल्लीबाट आफ्नो स्कुलको शिक्षा लिएका थिए र प्रायः जसो अन्तर्वार्तामा ती दिनहरू सम्झने गर्छन् । किंग खान पढाइमा मात्र अब्बल होइनन् खेलकुदमा पनि उत्तिकै रुचि राख्थे । शाहरुख खानको स्कूलको दिनहरुमा एक उपनाम थियो, जुन धेरै कम मानिसहरूलाई थाहा छ ।

फिल्मफेयरसँगको अन्तर्वार्तामा शाहरुख खानले आफ्नो उपनाम बताएका छन् । खानका साथीहरू स्कूलको दिनमा उनलाई ’मेल कार्ट’ भनेर बोलाउँथे । अभिनेताले अन्तर्वार्तामा भने, ‘म एक्स्प्रेस ट्रेनको जस्तै धेरै चाँडो दौडने हुनाले साथीहरुले मलाई ’मेल कार्ट, उपनाम दिएका थिए ।’

शाहरुख खानले स्कूलका दिनहरूमा आफ्ना धेरै शिक्षकहरूलाई धेरै दुःख दिएको स्मरण गर्र्दै भने, ‘एकपटक मैले आफ्नो केमिस्ट्री शिक्षकलाई छारे रोगको नाटक गरे र कक्षाकोठामा बेहोश भएँ । नाटक गरेको थाहा नपाएर मेरा शिक्षकहरूले आफ्नो जुत्ता फुकाल्नु पर्यो र मलाई सुँघाउन पर्यो ।’

 



प्रतिक्रिया दिनुहोस्