Logo

भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण निन्दनिय: गगन थापा



कठमाडौं, १४ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता, पुर्वमन्त्री तथा सांसद गगन कुमार थापाले भेरी अस्पतालको कोभिड उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई आक्रमण गर्नु निन्दनिय भएको टिप्पणी गरेका छन् ।

थापाले कठिन समयमा भोक प्यास नभनी उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई आड भरोसा दिनुको सट्टा उल्टै आक्रमण, दुव्र्यवहार गर्नु निन्दनिय र अकल्पनीय भएको बताएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेरी अस्पताल घटनामा संम्लग्न दोषीलाई उन्मुक्ति नदिन पनि आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा ट्विटमा थापाले लेखेका छन्, कठिन समयमा स्वास्थ्यकर्मीले हरसंभव प्रयत्न गरिरहेका छन।रातदिन भोक प्यास नभनि कोभिड उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई आड भरोसा दिनुको सट्टा उल्टै आक्रमण,दुर्व्यवहार!यो निन्दनीय छ,अकल्पनीय छ,अक्षम्य छ।

@PM_Nepal   भेरी अस्पताल घटनामा संलग्न दोषीलाई कुनै पनि वहानामा उन्मुक्ति नदिइयोस्।’

 



प्रतिक्रिया दिनुहोस्