Logo

दीपेन्द्रको पहलमा खुलेको आइसोलेसनमा सहयोगी हात थपिदै



काठमाडौं, १४ जेठ । बाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठको पहलमा वडाध्यक्ष रामकुमार केसीको संयोजकत्वमा 100s ग्रुपले व्यवस्थापन गरेको काठमाडौ महानगर वडा नम्बर १० स्थित मध्यबानेश्वरको रत्नराज्य स्कुलमा सञ्चालित आइसोलेसन सेन्टरलाई स्थानीय समाजसेवी उप्रेती एयरका चेयरम्यान राजु उप्रेतीले २१ हजार आर्थिक सहयोग गरेका छन् ।

उनले शुक्रबार उक्त रकम आइसोलेसन सेन्टरमा गएर हस्तान्तरण गरेका हुन् । आजै बुद्धनगर निवासी माया गुरूङले रत्नराज्य आइसोलेसनलाई ७ हजार ५ सय सहयोग गरेकी छन् । उनले आफ्नो छोराको जन्मदिनको अवसर पारेर उक्त रकम सांसद श्रेष्ठ मार्फत आइसोलेसन सेन्टरलाई दिएकी हुन्।

त्यसैगरी, काठमाडौंको बुद्धनगरस्थित शान्ति महिला समाजले रत्नराज्य स्कुलमा सञ्चालित आइसोलेसन सेन्टरलाई ३० हजार आर्थिक सहयोग गरेको छ ।
शान्ति महिला समाजको तर्फबाट अध्यक्ष कृष्णा खरेलले ३० हजारको चेक हस्तान्तरण गरेकी छन् ।

 

नेपाल महिला एकता समाज र स्थानीय समाजसेवीहरू अनमिका अर्याल भरत ढकाल, नरेश थापा क्षेत्री , अशोक कार्कीलगायतको सहकार्यमा उक्त आइसोलेसन सेन्टर सञ्चालनमा आएको हो ।

काठमाडौ महानगर वडा नम्बर १० स्थित मध्यबानेश्वरको रत्नराज्य स्कुलमा सञ्चालित आइसोलेसन सेन्टरका लागि समाजसेवी जय शीवलाल श्रेष्ठले १ ९एक ० लाख रुपैयाँ सहयोग प्रदान गरेका छन् । काठमाडौंको घट्टेकुलोमा रहेको खोटाङको दिक्तेल समाजले पनि उक्त आइसोलेसन सेन्टरका लागि ३० हजार सहयोग गरेको छ ।

धापाखेल निवासी सामाजिक व्यक्तित्व भक्तराज भट्टराईले रत्नराज्य स्कुलमा सञ्चालित आइसोलेसन सेन्टरका लागि आफ्नो जन्मदिनको अवसर पारेर १० हजार सहयोग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्