Logo

आफ्नै छोरी बलात्कार गर्ने बाबु पक्राउ



पाल्पा, १४ जेठ । आफ्नै छोरी बलात्कार गर्ने एक पुरुष पक्राउ परेका छन् । आफ्नै ८ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बगनासकाली गाउँपालिका–२ बस्ने ३१ वर्षीय पुरुषलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ती पुरुषले आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot