Logo

किशुनजीका सात किस्सा



  • राजनेता कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएका बेलामा पनि आफ्नो जुत्तामा आफै पालिस लगाउँथे ।
  • शनिबारको दिन कतै जानू परे सरकारी गाडी र सुरक्षा निकाय छोडेर ट्याक्सीको प्रयोग गर्थे ।
  • बिदाको दिन राजाले बोलाउँदा पनि कहिलेकाहीं जाने कहिले त ‘सरकार, आज बिदाको दिन हो भोलि भेटौंला’ भनेर राजालाई जानकारी गराउँथे ।
  • ठूलाबडाले घुस खाए भ्रष्टाचार गरे विरोध गर्थे तर साना कर्मचारी खरिदार मुखियाले १०- २० रुपैयाँ घुस खानु अपराध होइन भन्थे ।
  • उनबाट कसैले आफ्नो काम गराउन लोभ देखाउने सम्भावना नै थिएन ।
  • प्रधानमन्त्री हुनु पहिले उनी कुपन्डोलस्थित आफ्नो भान्जाकी घरमा बस्थे र प्रधानमन्त्री भएर बालुवाटारमा जाँदा भागवत गीताको पुस्तक, एउटा छाता, सानो टिनको बाक्सा र पानी पिउने माटोको सुराही लिएर गएक थिए । पदबाट हटेपछि पनि त्यै मात्र लिएर पुन: भान्जाको घरमै फर्किए ।
  • विसं २०१५ मा देशको पहिलो सभामुख भएका, करिब दुई दशकजति देशको प्रमुख पार्टीको सभापति भएका र दुई पटक नेपालको प्रधानमन्त्री भएको व्यक्तिको कुनै पनि बैंकमा खाता थिएन । एक आना जमीनको लालपुर्जा थिएन । अरु सम्पत्ति हुने त कुरै भएन । तर उनीजति खुसी, हँसिलो र रसिलो नेता अहिलेसम्म देखिएनन् । The Famous People 

(ज्ञानोदराज वैद्य)

 

 

 



प्रतिक्रिया दिनुहोस्