Logo

थाइल्यान्डद्वारा ४६ वटा अक्सिजन कन्सन्ट्रेटर प्रदान



काठमाडौँ, १४ जेठ: थाइल्यान्डको परराष्ट्र मन्त्रालय, थाइ ओभरसिज धम्मादुतभिक्खुस र भेरापुचोङ फाउण्डेशनले नेपाललाई ४६ वटा अक्सिजन कन्सट्रेटर प्रदान गरेका छन् ।

नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरासाफले ती उपकरण त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थलमा आज भएको सङ्क्षिप्त कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रतिनिधिलाई हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । कोरोना महामारीविरुद्धको नेपालको लडाइँमा सघाउन ती उपकरण प्रदान गरेकामा सरकारले थाइ विदेश मन्त्रालय र ती परोपकारीसंस्थाप्रति कृतज्ञता व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार थाइ नरेश र राजपरिवारका अन्य सदस्यले प्रदान गरेका स्वास्थ्य उपकरण एवं सामग्री लिएर आगामी साताको प्रारम्भमा थाइल्यान्डबाट विशेष विमान नेपाल आउने भएको छ ।-रासस/Photo: Agency



प्रतिक्रिया दिनुहोस्