Logo

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिद्धारा ४ सय ३० जनाको कैद मिनाहा (विज्ञप्तीसहित)



काठमाडौं, १४ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले क्याविनेटको सिफारिशमा ४ सय ३० जना कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरेकी छिन् । जेठ १५ गते गणतन्त्र दिवसको पूर्व सन्ध्यामा उनीहरुको कैद कट्टा गरी माफी मिनाहा गरिएको हो ।

यो भोलिदेखि नै लागू हुनेछ । जेठ १३ गते बसेको मन्त्रिपरिषद बैठकले कैद मिनाहा गर्न सिफारिश गरेको थियो । राष्ट्रपति कार्यालयले आज विज्ञप्ति गर्दै कैद मिनाहा गरेको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्