Logo

संसद् पूनःस्थापना भए पूनः ओली नै प्रधानमन्त्री हुन्छन् : कमल थापा



काठमाडौं, १४ जेठ । राप्रपाका अध्यक्ष कमल थापाले संसद् पूनःस्थापना भए केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । उनले आफूहरुले सुरुदेखि नै चुनाव नै अहिलेको संकट समाधानको उपयुक्त विकल्प भएको कुरा पनि उल्लेख गरेका छन् । तर, आफूले यसो भन्दा कतिपयले प्रधानमन्त्री ओलीको पक्ष लिएको भनेर टिप्पणी गरेको पनि थापाले बताएका छन् ।

सामाजिक सञ्जालमार्फत थापाले यस्तो धारणा राखेका हुन् । उनले भनेका छन्-“चुनाव संकट समाधानको उपयुक्त विकल्प हो भन्दा @PM_Nepalको पक्ष लियो भन्छन।तर,ओलीले देश वर्वाद पारे भनेर विरोध गर्नेहरू नै ओलीलाई निरन्तरता दिने बाटोमा छन्।चुनाव छाडेर अदालत जानेले बुझ्नुपर्छ,संसद पुनर्स्थापना भएमा पुन:ओली नै प्रम हुन्छन्।यो भविष्यवाणी होईन,संसदीय गणितले त्यहि भन्छ”



प्रतिक्रिया दिनुहोस्